शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सानिमा बैंकका ग्राहकलाई 'बससेवा'बाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

आइतबार, भदौ १५ २०८२
सानिमा बैंकका ग्राहकलाई 'बससेवा'बाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक

आजदेखि सुरु भएको यो योजना फागुन १४ गतेसम्मका लागि लागु हुने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न 'बससेवा'सँग सम्झौता गर्दै आकर्षक क्यासब्याकको व्यवस्था गरेको छ। 

उक्त व्यवस्थाअन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी 'बससेवा'बाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २ सय रूपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४ सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

आजदेखि सुरु भएको यो योजना फागुन १४ गतेसम्मका लागि लागु हुने बैंकले जनाएको छ।

सानिमा बैंकले देशभर रहेका आफ्ना १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, भदौ १५ २०८२१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend