शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

एनआईसी एसिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

आइतबार, भदौ १५ २०८२
एनआईसी एसिया बैंकका ग्राहकलाई धनगढीस्थित सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने गरी बैंक र कैलालीको धनगढीस्थित सिपी हस्पिटल प्रालिबीच सम्झौता भएको छ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले ओपीडी, प्याथोलोजी, एक्सरे, यूएसजी, इन्डोस्कोपी, नर्मल बेड, आईसीयू, एचडीयू बेड, एसी क्याबिन, सर्जरी, मेडिसिन, सीटी स्क्यान लगायतका सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।

सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

प्रकाशित : आइतबार, भदौ १५ २०८२११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend