काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ३ हजार ६ सय रूपैयाँ पुगेको छ।
गएको शुक्रबारको तुलनामा यो साता आइतबार प्रतितोला ३ हजार रूपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।
गत शुक्रबार पनि सुन उच्च मूल्य प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ६५ रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय २५ रूपैयाँ तोकिएको छ।
गत शुक्रबार चाँदी प्रतितोला दुई हजार ३ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
