काठमाडौं- नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले विशेष चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ। यो अभियान जिकर एक्सका लागि लागु हुनेछ।
दसैँ, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको छ। यो चाडपर्व अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।
जिकर एक्समा २ सय किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ एमएम ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन्। यो गाडीले युरो एनसीएपी, चाइना एनसीएपी र ग्लोबल एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।
यस चाडपर्व अवधिमा जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुनेछ। यी सुविधाहरूमा सर्त तथा नियमहरू लागु हुनेछन्। पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रह गरेको छ।
पायोनियर मोटोकर्प प्रालि नेपालका लागि जिकरको आधिकारिक बिक्रेता हो। कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
