काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै दुई लाख रूपैयाँ नाघेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार दुईसय रूपैयाँले बढेर दुई लाख ६ सय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि साउन २३ मा सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार चारसय रूपैयाँ कायम हुँदै कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साता बिहीबार पनि सुनको मूल्यले सोही उच्च बिन्दु छोएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर आज प्रतितोला दुई हजार ३ सय ६० रूपैयाँ पुगेको छ।
यो साता बिहीबार चाँदी प्रतितोला दुई हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
