मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आइफोन १३ सिरिज सार्वजनिक, यस्ता छन् फिचर्स

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
आइफोन १३ सिरिज सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं- अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले नयाँ उत्पादन सार्वजनिक गरेको छ।  भर्चुअल एप्पल इभेन्ट मार्फत कम्पनीले नयाँ आइप्याड, आइफोन १३ र एप्पल वाच सिरिज सेभेन सार्वजनिक गरेको हो।       

आइफोन एप्पलले आइफोन १३ , प्रो र प्रो म्याक्स भर्सन सार्वजनिक गरेको छ।  यो पटकदेखि कम्पनीले फाइभजी आइफोन ल्याएको छ। हालसम्म ६० देशका २ सय सेवाप्रादयकको एप्पलले फाइभजी नेटवर्कका लागि सहकार्य गरेको बताएको छ। 

आइफोन १३ मा दुई क्यामेरा सेटिङ छ। १२/१२ मेगापिक्सेलका वाइड र अल्ट्रावाइड सेन्सरका लेन्स छन्। न्यून प्रकाश भएको ठाउँमा  खिचिने फोटोको गुणस्तरमा सुधार भएको कम्पनीले दाबी गरेको छ। 

भिडिओमा आइफोन १३ र मिनीमा सिनेमाटोग्राफी मोड थपिएको छ। यसबाट व्यावसायिक भिडिओ खिच्न सकिने कम्पनीले बताएको छ। आइफोन १३ र आइफोन १३ मिनीको मूल्य क्रमशः ७९९ डलर र ६९९ अमेरिकी डलरबाट सुरु हुने छ।  यी दुबै फोन पाशँच भिन्न कलर विकल्पमा उपलब्ध हुनेछन्।       

आइफोन १३ प्रो र प्रो म्याक्स तीन क्यामेरा सेटिङ रहेको छ। टेली, अल्ट्रा वाइड र वाइड लेन्स भएको प्रो आइफोनमा भिडिओमा सिनेमाटोग्राफीसँगै प्रोरेजभिडिओ हुने छ ।

यसबाट फोरके भिडिओ रेकर्डिङसँगै लाइफ एडिट हुने फिचर्स रहेको कम्पनीले बताएको छ। १ टेराबाइटसम्मको स्टोरेजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्सको मूल्य १०९९ अमेरिकी डलरबाट सुरु हुने छ  भने आइफोन १३ प्रोको मूल्य ९९९ डलरबाट सुरु हुने छ। 

एप्पलले आइप्याड पनि सार्वजनिक गरेको छ। यो नयाँ आइप्याडमा ब्याट्रीदेखि क्यामेम्मका फिचर्समा आमूल परिवर्तन गरिएको कम्पनीले बतनएको छ। त्यस्तै फाइभ जी सपोर्ट गर्ने आइप्याड मिनी पनि एप्पपलले सार्वजनिक गरेको छ।

एप्पल वाच सिरिज सेभनमा डिस्प्ले फराकिलो पारिएको छ। सिक्सको तुलनामा यसको ब्राइटनेस पनि बढेको छ। त्यस्तै यसमा किप्याडको सुवसधा पनि रहेको छ। यसको मूल्य ३९९ डलरबाट सुरु हुने छ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१८:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend