काठमाडौं- अर्थतन्त्र सुस्त हुँदा बैंकिङ क्षेत्रमा खराब कर्जा (एनपीएल) बढेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो चौमाससम्मको वित्तीय विवरणअनुसार एक दर्जनभन्दा बढी बैंकको खराब कर्जा अनुपात बढेको देखिएको छ।
बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार धेरै वाणिज्य बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ। हाल बैंकहरूले लगानी गरेको कर्जा ठूलो मात्रामा जोखिमपूर्ण भएको तथ्यांकले देखाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणअनुसार खराब कर्जा बढ्नुको मुख्य कारण उच्च जोखिममा लगानी, फिर्ता नगरेको कर्जा तथा व्यावसायिक असफलतासँग जोडिएको छ। यसले बैंकिङ क्षेत्रमा जोखिम व्यवस्थापनको चुनौती अझ बढाएको छ भने अर्थतन्त्र चलायमान नभएको देखिएको छ।
सर्वाधिक खराब कर्जा अनुपात हिमालयन बैंकको रहेको छ। बैंकको एनपीएल ७.२८ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा उक्त बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको थियो। यसले हाल बैंकले लगानी गरेको कर्जा ठूलो मात्रामा जोखिमपूर्ण भएको देखाउँछ।
एनआईसी एसिया बैंकको पनि खराब कर्जा करिब दोबरले बढेको छ। २०८०/८१ मा एनआईसीको खराब कर्जा अनुपात ३.४५ प्रतिशत थियो भने २०८१/८२ मा यो ६.२८ प्रतिशत पुगेको छ। बैंकका अधिकांश कर्जा लगानी फसिरहेको देखिएको छ।
यस्तै ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ। प्रभु बैंकको एनपीएल ४.९४ प्रतिशतबाट ४.९६ प्रतिशतमा पुगेको छ भने नेपाल एसबिआई बैंकको खराब कर्जा १.९६ प्रतिशतबाट ३.३५ प्रतिशत पुगेको छ। एनएमबी बैंकको एनपीएल ३.४ प्रतिशतबाट ३.७२ प्रतिशतमा उक्लिएको छ।
कुमारी बैंकको पनि खराब कर्जा बढेको छ। २०८०/८१ मा कुमारी बैंकको एनपीएल ५.९५ प्रतिशत रहेकोमा २०८१/८२ मा यो ६.४२ प्रतिशत पुगेको छ। सिद्धार्थ बैंकको खराब कर्जा अनुपात २.१७ प्रतिशतबाट २.६२ प्रतिशत पुगेको छ भने सिटिजन्स बैंक ४.१ प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ।
नेपाल बैंकको पनि अवस्था उस्तै छ। २०८०/८१ मा यस बैंकको एनपीएल ४.३३ प्रतिशत रहेकोमा २०८१/८२ मा ४.४७ प्रतिशत पुगेको छ। यसैगरी, प्राइम बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट ५.५६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.९१ प्रतिशतबाट ५.८५ प्रतिशत र सानिमा बैंकको १.७२ प्रतिशतबाट ३.०१ प्रतिशतमा पुगेको छ।
तर कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले आफ्नो खराब कर्जा अघिल्लो वर्षको तुलनामा घटाएका छन्।
बैंकहरुले आफ्नो ऋण पोर्टफोलियोको गुणस्तर सुधार गर्न, जोखिम व्यवस्थापनलाई कडा बनाउन र फसिरहेको कर्जा उकास्न गर्न रणनीतिक कदम चाल्नुपर्ने देखिएको छ।
२० वटा बैंकको एनपीएल
|
नाम |
२०८०/८१ एनपीएल (प्रतिशत) |
२०८१/८२ एनपीएल (प्रतिशत) |
|
एभरेष्ट |
०.३८ |
०.३८ |
|
हिमालयन |
४.९८ |
७.२८ |
|
एनआईसी एसिया |
३.४५ |
६.२८ |
|
ग्लोबल आइएमई |
४.१७ |
४.८७ |
|
प्रभु |
४.९४ |
४.९६ |
|
नेपाल एसबिआई |
१.९६ |
३.३५ |
|
एनएमबी |
३.४० |
३.७२ |
|
कुमारी |
५.९५ |
६.४२ |
|
सिद्धार्थ |
२.१७ |
२.६२ |
|
सिटिजन्स |
४.१० |
४.९४ |
|
नेपाल |
४.३३ |
४.४७ |
|
प्राइम |
४.६५ |
५.५६ |
|
नेपाल इन्भेष्टमेन्ट |
४.९१ |
५.८५ |
|
सानिमा |
१.७२ |
३.०१ |
|
लक्ष्मी सनराइज |
२.९२ |
४.१२ |
|
कृषि विकास |
३.५० |
३.४० |
|
राष्ट्रिय वाणिज्य |
२.८० |
२.७५ |
|
स्टान्डर्ड चार्टर्ड |
२.५० |
२.४५ |
|
माछापुच्छ्रे |
३.२० |
३.१० |
|
नबिल |
४.२५ |
४.२० |
