सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वाणिज्य बैंकहरूको नाफा ४३ प्रतिशतले बढेर साढे ७१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य कुनको कति?

शुक्रबार, साउन ३० २०८२
वाणिज्य बैंकहरूको नाफा ४३ प्रतिशतले बढेर साढे ७१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य कुनको कति?

२० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ मात्र थियो।

काठमाडौं- २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ मात्र थियो।

गत वर्ष ४ बैंकबाहेक सबै बैंकको नाफा बढेको देखिन्छ। सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा रह्यो। बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रह्यो, जसको नाफा ६४.४३ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ थियो।

तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रह्यो, जसको नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँमा पुगेको छ।

उच्च नाफा वृद्धिदर हासिल गर्नेमा प्रभु बैंक शीर्षमा रह्यो। यसको नाफा ९६५.४० प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ मात्र थियो।

एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ पुगेको छ भने कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँमा पुगेको छ। लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले वृद्धि भई ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ पुगेको छ।

प्राइम बैंकको नाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४९.५३ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा कमायो।

नेपाल बैंकको नाफा १३,१७५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ करोड ८४ लाख २० हजार रुपैयाँ मात्र थियो। सिद्धार्थ बैंकले १०.२३ प्रतिशत वृद्धि गर्दै ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा कमायो।

एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँमा पुगेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँमा सीमित रह्यो।

वाणिज्य बैंकहरूको नाफा

क्रम

बैंकको नाम

२०८१/८२

२०८०/८१

वृद्धिदर (%)

नबिल बैंक

७,१२७,५६६

६,१९७,१०९

१५.०१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

६,७५६,६४९

४,१०८,८९२

६४.४४

ग्लोबल आइएमई बैंक

६,२०४,७४५

६,१३७,४५४

१.१०

प्रभु बैंक

५,४४२,६९३

५१,०८६

९६५.४१

एभरेष्ट बैंक

४,९१८,१६५

३,७०३,२२५

३२.८१

लक्ष्मी सनराइज बैंक

४,११६,९६७

२,९२०,३७९

४०.९७

प्राइम कमर्शियल बैंक

४,०२४,४३१

३,५०७,८९४

१४.७२

कृषि विकास बैंक

३,८२८,५०७

२,५७१,५१९

४८.८८

राष्ट्रिय वाणिज्य बैंक

३,८१६,७०९

२,५५२,४६७

४९.५३

१०

नेपाल बैंक

३,७७३,००८

२८,४२०

१३,१७५.८९

११

सिद्धार्थ बैंक

३,३९५,२८५

३,०८०,०२८

१०.२४

१२

एनएमबि बैंक

३,२८१,७९१

२,२४४,३९५

४६.२२

१३

स्ट्याण्डर्ड चार्टर्ड बैंक

३,०२९,३०३

३,२७५,२६८

-७.५१

१४

सानिमा बैंक

२,५७१,१५५

२,३९७,४४३

७.२५

१५

कुमारी बैंक

२,११६,०४९

४,६०८

४५,८२१.२०

१६

माछापुच्छ्रे बैंक

२,०११,४६१

१,०४५,१९९

९२.४५

१७

नेपाल एसबीआई बैंक

१,८०२,५८०

१,९९९,७७२

-९.८६

१८

हिमालयन बैंक

१,५१२,५३२

१,२३८,३०३

२२.१५

१९

सिटिजन्स बैंक इन्टरनेशनल

१,२९३,३२१

१,३२०,७३१

-२.०८

२०

एनआईसी एशिया बैंक

१६१,५७३

४९,५४५,४५९

-७६.९७

 


प्रकाशित : शुक्रबार, साउन ३० २०८२०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend