सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंबाट दुबई जान लागेका भारतीय नागरिक २० हजार डलरसहित पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ११ २०७८
काठमाडौंबाट दुबई जान लागेका भारतीय नागरिक २० हजार डलरसहित पक्राउ

काठमाडौं-  सुराकीले दिएको सूचनाको आधारमा काठमाडौंबाट दुबई जान लागे एक भारतीय नागरिकलाई २० हजार डलर र विभिन्न देशको मुद्दासहित प्रहरीले प्रकाउ गरेको छ।

फागुन १० गते साढे २ बजे फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका सतिश सजनानीलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो।

ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनामा चेकजाँच गर्ने क्रममा उक्त ह्‍याण्ड व्याग भित्र अमेरिकी डलर २० हजार १ सय ५० अमेरिकी डलर नेपाली रुपैया  ३१ हजार ६ सय, ईङल्याण्ड पाउण्ड ५, जर्जिया लारी ५०, भारतिय रुपैया सय , यूएई दिराम  १ हजार ३ सय ५५ लुकाई छिपाई अवैध रुपमा वाहिर मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको  प्रहरीले जनाएको छ।

प्रहरीले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको छ।


प्रकाशित : बुधबार, फागुन ११ २०७८०८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend