मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको बताएका छन्। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको बताएका छन्। 

उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन्। बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने ढकालको भनाइ छ । 

महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको बेलायत भिसा र अध्यागमनु विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौं स्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए। 

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ। ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा १।७ प्रतिशत मात्र छ भने आयातमा बेलायतको हिस्सा ०।१६ प्रतिशत मात्र रहेको जानकारी दिए। 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend