शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा कार्यक्रम

images
शनिबार, फागुन ७ २०७८
images
वृद्धवृद्धाका लागि वरदान बन्दै स्वास्थ्य बीमा कार्यक्रम
images
images

गलेश्वर- म्याग्दीमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ।  युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो।

images
images
images

 बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आउनसाथ निःशुल्क औषधि पाउन थालेका छन्। यसले गर्दा उनीहरुमा खुसी छाएको छ। घरमै आएर कर्मचारीले निःशुल्क रुपमा बीमा गरिदिएपछि अहिले म्याग्दीका वृद्धवृद्धाले निःशुल्क औषधि पाउन थालेका हुन्।

images
images

बेनी नगरपालिका–२ बगरफाँटकी ८२ वर्षीया रणमाया थापाले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्क रुपमा अस्पतालबाट सेवा लिइरहेको बताइन। सरकारको निःशुल्क बीमाको नीतिले ज्येष्ठ नागरिकका लागि ठूलो राहत दिएको उनको भनाइ छ।

images
images

'पहिला त केही बिरामी भएर अस्पताल जाँदा धेरै खर्च हुने गथ्र्यो, अहिले अस्पतालमा पुगेपछि कुनै पैसा लाग्दैन, हामी जस्ता नियमित औषधि सेवन गर्ने ज्येष्ठ नागरिकलाई राम्रो भएको छ', उनले भने, 'घरमै बीमा गराउन आए, उनीहरुले दिएको परिचयपत्रका आधारमा अस्पतालमा गएपछि निःशुल्क सेवा पाउँदा हामी हर्षित भएका छौँ।'

मालिका गाउँपालिका–३ रुमका ७६ वर्षीय जीतबहादुर विकले नियमित रुपमा सुगर र प्रेसरको औषधि निःशुल्क रुपमा सेवन गर्दै आएका छन्।

उनले तीन वर्षदेखि बीमा गर्दै आएकामा पछिल्लो दुई वर्षयता निःशुल्क बीमा गर्दै आएका छन्। उनले पैसा तिरेर गर्दै आएको बीमाले सहज भइरहेको बेला सरकारले पुनः हामीजस्ता ज्येष्ठ नागरिकलाई बीमा गराएर उपचारमा सहजता प्रदान गरेको विकको भनाइ छ ।

म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्। स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुस १३ गतेदेखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा सो सङ्ख्याले बीमा गरेको बताए। सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून गर्ने राज्यको नीतिअनुसार सुरु भएको स्वास्थ्य बीमा पछिल्लो समय प्रभावकारी हँदै गएको उहाँले जानकारी दिए।

परिवारको हेलामा परेर उपचार नपाएका ज्येष्ठ नागरिकलाई समेत निःशुल्क स्वास्थ्य बीमाले सहज गराएको र उपचारको पहुँचमा पु¥याउँदा ज्येष्ठ नागरिकहरु खुसी भएको शर्माको भनाइ छ। 

नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम म्याग्दी जिल्लामा विसं २०७३ असारदेखि पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको थियो।

कोरोना भाइरस सङ्क्रमणका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएकाले स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ।

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको यो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन्।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्याक्रियालगायत उपचार प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, सरकारले तोकेको झन्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य बीमाका लागि म्याग्दी जिल्लाका ३२ जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन्।

निःशुल्कबाहेकको हकमा पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक  तीन हजार ५ सय रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी परिवार सदस्य भएककाको हकमा प्रतिसदस्य ४ सय ५० रुपैयाँ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ। यसरी बीमा गराएपछि परिवारका सदस्यले वार्षिक रूपमा एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

वृद्धवृद्धाबाहेक अन्य नागरिकमा पनि स्वास्थ्य बीमा प्रभावकारी बनेको छ। यसले यहाँका नागरिकलाई स्वास्थोपचारमा टेवा पुगेको पाइन्छ। रासस


प्रकाशित : शनिबार, फागुन ७ २०७८११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend