मंगलबार, असार ३१ गते २०८२    
मंगलबार, असार ३१ २०८२
images
images

पोखरा विमाननस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

images
सोमबार, असार ३० २०८२
images
images
पोखरा विमाननस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान संख्या वृद्धि हुने सम्भावना रहेको बताए।

images
images

काठमाडौ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताएका छन्।

images
images

प्रतिनिधिसभाको साेमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उनले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए।

images
images

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान संख्या वृद्धि हुने सम्भावना रहेको बताए।

images
images
images

हाल हिमालयन एयरलायन्समार्फत पोखरा-ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलायन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उनकाे भनाइ छ। साथै नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताए।

वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधार गरी निगमको बजार हिस्सा वृद्धि गर्न विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने वा रणनीतिक साझेदार भित्र्याएर संचालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पसहित सुझावहरू प्राप्त भएका छन्।

उपलब्ध विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको आवश्यक सुधार गर्ने विषय मन्त्रालयको उच्च प्राथमिकतामा रहेकाे समेत मन्त्रीले जानकारी दिए। मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराएका छन्।

सरकारले हालसम्म चार सय ७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रबर्द्धनका काम धमाधम भइरहेको उनको भनाइ थियो। मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिए।

बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए। रासस


प्रकाशित : सोमबार, असार ३० २०८२१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend