सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बिल गेट्स पाकिस्तानमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ६ २०७८
बिल गेट्स पाकिस्तानमा

इस्लामावाद (रासस/सिन्ह्वा)- बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन्। उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन्। त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेको जनाइएको छ।

सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८०९:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend