मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बैंकिङ कसुरमा फरार एकजना पक्राउ  

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
बैंकिङ कसुरमा फरार एकजना पक्राउ  

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्।  

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ काँडाघारी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका ३९ वर्षीय दिपक कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।  

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो।  

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम सजाय सुनाइएका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको महाशाखाले जनाएको छ।  


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०९:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend