सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रक्तचन्दनको ठेक्का मिलाइदिन्छु भन्दै  ७० लाख रुपैयाँ घुस लिने विरुद्ध मुद्दा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
रक्तचन्दनको ठेक्का मिलाइदिन्छु भन्दै  ७० लाख रुपैयाँ घुस लिने विरुद्ध मुद्दा

तत्कालीन जिल्ला वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भन्दै  ७० लाख रुपैयाँ घुस लिए फरार भएको  विषय अख्तियारमा उजुरी परेको थियो।

काठमाडौं- जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।

तत्कालीन जिल्ला वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भन्दै  ७० लाख रुपैयाँ घुस लिए फरार भएको  विषय अख्तियारमा उजुरी परेको थियो।

उक्त विषय पुष्टी हुन आएको भन्दै अख्तियारले बिगो ७० लाख रुपैयाँ कामय गरी मुद्दा दायर गरेको गरेको हो। यसैगरी बाबुलाई सहयोग गरी ४० लाख आफ्नो खातामा राख्ने मिश्रको छोरा नविन कुमार मिश्रलाई ४० लाख बिगो सहित मुद्दा दायर गरेको छ।

यसैगरी अख्तियारले  तत्कालीन जिल्ला वन अधिकृत मिश्रलाई घुस/रिसवतबापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनलाई समेत २५ लाख बिगो कायम गर्दै मुद्दा दायर गरेको छ।

प्रकाशित : बुधबार, फागुन ४ २०७८११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend