सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ब्लुबुक नवीकरण शुल्क खल्तीबाट तिर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
ब्लुबुक नवीकरण शुल्क खल्तीबाट तिर्न सकिने 

नवीकरण शुल्क तिर्दा खल्ती बिकल्प छानेर जान सकिने छ। 

काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अबदेखि सवारीसाधानको ब्लुबुक नवीकरणको शुल्क तिर्न सकिने भएको छ।  

हालका लागि यो सुविधा बागमती प्रदेशमा मात्र लागू हुने छ। अरु प्रदेशमा पनि सेवा विस्तार गरिने खल्तीले जानकारी दिएको छ। 

 नवीकरणका लागि  अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । 

नवीकरण शुल्क तिर्दा खल्ती बिकल्प छानेर जान सकिने छ। 

 


प्रकाशित : बुधबार, फागुन ४ २०७८११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend