बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

२०७९ असार सम्पन्न हुनुपर्ने दोर्दी केन्द्र जोड्ने सडक बल्ल कालोपत्र सुरु

images
बिहीबार , असार १२ २०८२
images
images
२०७९ असार सम्पन्न हुनुपर्ने दोर्दी केन्द्र जोड्ने सडक बल्ल कालोपत्र सुरु

सम्झौता अनुसार वि.सं. २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले वि.सं. २०७९ पुससम्म सक्नेगरी जिम्मेवारी पाएको थियो।

images
images

लमजुङ- लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ। यस खण्डअन्तर्गत उदीपुर-रिठ्ठेबगर-नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो।

images
images

गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए। उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव एकसय २१ किलोमिटर रहेकाे मध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्र भइरहेको छ।

images
images

यो प्रविधिबाट गरिएको कालोपत्र टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ। आगामी दसैँ तिहारसम्ममा सबै सडक कालोपत्र भइसक्ने लक्ष्य रहेको उनले बताए। उनका अनुसार अहिले बेँसीसहर नगरपालिका-१ उदिपुर बजार तल मर्स्यांदी पारीबाट कालोपत्र सुरु गरिएको हो।

images
images
images

जोशीले भन्छन्, ‘यस सडकको काम केही वर्षअघि सम्पन्न हुनुपर्नेमा ठेकेदारले समयमा काम नगर्दा पटक-पटक म्याद थप गरेर पनि सम्पन्न हुन नसक्दा ढिलाइ भएको हो।’ सम्झौता अनुसार वि.सं. २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले वि.सं. २०७९ पुससम्म सक्नेगरी जिम्मेवारी पाएको थियो।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै वि.सं. २०८० असार २९ गतेसम्म सम्पन्न गर्नुपर्नेमा सो आवधिमा सम्पन्न नभएपछि वि.सं. २०८१ मंसिर २८ गतेसम्म समयसीमा ताकिएको थियो। ‘सो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुन सकेको छैन। म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ। केही दिनमा विवरण आउने छ’ उनले भने।

सडकको निर्माणका लागि कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले वि.सं. २०७७ असार ३ गते सम्झौता गरेको थियो। प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार २ सय २५ रुपैयाँ लगानीमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार यस वर्ष मात्र चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म करिब २१ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेर निर्माणमा ढिलाइ भएको कार्यालयका सूचना अधिकारी जोशीले बताउँछन्। ‘पछि सरकारले रकम उपलब्ध गराउन नसक्दा निर्माणमा असर परिरहेको छ। बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पत्र पठाएका छौँ। तत्काललाई करिब दुई करोड लाग्ने अनुमान छ’ उनले भने।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरबाट बेँसीसहर-११ हुँदै दोर्दी गाउँपालिका-४ मा जोडिन्छ। सोमध्ये सडकको दुई ठाउँमा गरी एक हजार एकसय १३ घनमिटर सडक ढलान गर्ने जनाइएको छ। कालोपत्र चार सेन्टिमिटरको हुनेछ। रासस


प्रकाशित : बिहीबार , असार १२ २०८२१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend