मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सानिमा बैंकमार्फत शून्य प्रतिशत ब्याजमा सामसङ मोबाइल 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
सानिमा बैंकमार्फत शून्य प्रतिशत ब्याजमा सामसङ मोबाइल 

सानिमा बैंकमार्फत शून्य प्रतिशत ब्याजदरको किस्तामा उपभोक्ताले सामसङ मोबाइल खरिद गर्न सक्ने भएका छन्।  

काठमाडौं- सानिमा बैंकमार्फत शून्य प्रतिशत ब्याजदरको किस्तामा उपभोक्ताले सामसङ मोबाइल खरिद गर्न सक्ने भएका छन्।  

आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको हो। 

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि बुकिङ्ग गर्न सक्ने व्यवस्था गरिएको हो। 

भदौ २० गतेबाट प्रि बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ। प्रि बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट पाइने छ।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend