आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

पाँचखालमा ‘विषादीरहित’ तरकारी संकलन केन्द्र सञ्चालन

images
आइतबार, असार ८ २०८२
images
images
पाँचखालमा ‘विषादीरहित’ तरकारी संकलन केन्द्र सञ्चालन

केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख र पाँचखाल नगरको ९ लाख रुपैयाँको साझेदारी गरिएको थियो।

images
images

काभ्रेपलाञ्चोक- यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी संकलन गर्न लक्षित कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना गरिएको छ। रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादन भएका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो।

images
images
images

केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख र पाँचखाल नगरको ९ लाख रुपैयाँको साझेदारी गरिएको थियो। पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी संकलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो।

images
images

‘केन्द्रमा संकलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौं आपूर्ति गर्ने उद्देश्य राखेका छौँ’ खरेलले भने। अर्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ। अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए।

images
images
images

जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार केन्द्रको शुभारम्भ गरेका हुन्। केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीकाे भनाइ छ। 

नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अर्यानिक हुँदै गएको जनाइएको छ। केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी संकलन हुने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : आइतबार, असार ८ २०८२१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend