शनिबार, असार ७ गते २०८२    
शनिबार, असार ७ २०८२
images
images

देशभरी मनसुनी वायुको प्रभाव, तीनवटा सडकमार्ग पूर्णरुपमा अवरुद्ध

images
शनिबार, असार ७ २०८२
images
images
देशभरी मनसुनी वायुको प्रभाव, तीनवटा सडकमार्ग पूर्णरुपमा अवरुद्ध

त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका ७ जंडाँडामा पहिरोले घोराही-रुकुम सहिदमार्ग अवरुद्ध भएको छ। पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द छ। ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए।

images
images

काठमाडौं- पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये शनिबारसम्म सात ठाउँका सडकमा यातायात सञ्चालन भएका छन्। साथै अझै तीन स्थानका सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए।

images
images
images

उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। विनयी खोलाले शुक्रबार यात्रुबाहक गाडी नै बगाएको थियो। यद्यपि यात्रुलाई सकुसल उद्धार गरिएको थियो।

images
images

त्यस्तै रोल्पाको त्रिवेणी गाउँपालिका ७ जंडाँडामा पहिरोले घोराही-रुकुम सहिदमार्ग अवरुद्ध भएको छ। पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द छ। ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए।

images
images
images

ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ। यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ।

यस्तै जुम्लामा अवरुद्ध जुम्ला-मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। शुक्रबारबाट देशभर मनसुन फैलिएकाले देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण जोखिम बढ्ने हुँदा सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : शनिबार, असार ७ २०८२१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend