बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १ २०८२
पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य बढेको हो।

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य बढेको हो।

इन्डियन आयल कर्पोरेसनबाट १५ जुनमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा१‍‍.४१ र डिजेलमा १.६७ रूपैयाँले बढेर आएको निगमले जनाएकाे छ।

आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। त्यस्तै डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य बढाइएको हो।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।


प्रकाशित : आइतबार, असार १ २०८२२१:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend