सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

सुदूरपश्चिमको ३३ अर्ब ४७ करोडको बजेट: चालु खर्चभन्दा दोबर छुट्याइयो पुँजीगत खर्च

images
आइतबार, असार १ २०८२
images
images
सुदूरपश्चिमको ३३ अर्ब ४७ करोडको बजेट: चालु खर्चभन्दा दोबर छुट्याइयो पुँजीगत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

images
images

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ।

images
images
images

प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सीमित स्रोतसाधनमा पनि प्रदेशको समग्र विकास र सेवा प्रवाहलाई सन्तुलनमा राख्ने प्रयास गरिएको बताए।

images
images

प्रस्तुत बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १९ अर्ब ८३ करोड रुपैयाँको व्यवस्था गरिएको छ। चालु खर्चभन्दा करिब दोब्बर रकम पुँजीगत क्षेत्रमा छुट्याइएको यस पटकको बजेटले भौतिक पूर्वाधार र विकास निर्माणलाई प्राथमिकता दिएको बताए।

images
images
images

बजेटमा समेटिएका स्रोतहरू मध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट आउने रकम रहेको छ। संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ९ अर्ब ८७ करोड र समानीकरण अनुदानमार्फत ८ अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी चालु आर्थिक वर्षको बचत हुने भनिएको रकम ७ अर्ब ६६ करोड रुपैयाँ छ।

सशर्त अनुदानमार्फत प्राप्त हुने चार अर्ब रुपैयाँ, आन्तरिक राजस्व परिचालनबाट उठ्ने अनुमानित एक अर्ब ६५ लाख, संघीय समपुरक र विशेष अनुदान गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँले बाँकी आवश्यक खर्च पुर्‍याउने योजना बजेटमा उल्लेख गरिएको छ।

मन्त्री थापाले बजेट प्रस्तुत गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जानकारी दिए। संघीय सरकारसँगको सहकार्य र सहजीकरणमार्फत पूर्वाधार विस्तार र सेवा प्रवाह सुदृढ बनाइने  घोषणा समेत गरे।


प्रकाशित : आइतबार, असार १ २०८२२१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend