बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

धादिङमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नापजाँच थालियो

आइतबार, असार १ २०८२
धादिङमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन नापजाँच थालियो

सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताए।

धादिङ- भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ। आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो।

पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ। सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताए।

पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुकुम्बासीको तथ्यांक संकलन गरेका थिए। उनले सातसय ७२ जना भूमिहीनको तथ्यांकसहित अव्यवस्थित बसोबासको विवरण तयार गरेकोमा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो।

यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असार १ २०८२१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend