बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

आइतबार, असार १ २०८२
हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

पूर्वाधारमन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन्।

काठमाडौं- मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडकखण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ।

पूर्वाधारमन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन्।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन्।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायीरुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिनभित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ। समितिले आइतबारदेखि नै काम सुरु गरिसकेको छ।

मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गरेका छन्। यस्तै, घाइते मजदुरहरुको ज्यान गएको प्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने गरी व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई निर्देशनसमेत दिएका छन्। रासस


प्रकाशित : आइतबार, असार १ २०८२१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend