बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आइतबार, असार १ २०८२
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

काठमाडौं- आज प्रतिनिधि सभा बैठक बस्दैछ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले 'संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्ने कार्यसूची छ। 

आजकै बैठकबाट बजेटमाथिको सामान्य छलफल सुरू गरिने कार्यसूची छ।  रासस


प्रकाशित : आइतबार, असार १ २०८२०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend