बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

देशभर बिहानैदेखि वर्षा, कोशीमा भारी वर्षाको सम्भावना

आइतबार, असार १ २०८२
देशभर बिहानैदेखि वर्षा, कोशीमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, देशको पश्चिमी भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ।

काठमाडौं- हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, देशको पश्चिमी भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ।

महाशाखाका अनुसार आइतबार बिहान कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टाको वर्षा मापनअनुसार काठमाडौंको बूढानीलकण्ठमा २५ मिलिमिटर पानी परेको छ।

यस्तै, इलामको कन्यामा १८ मिलिमिटर, ताप्लेजुङको दोभनमा १३ मिलिमिटर, संखुवासभाको अरुणखोलामा ९.४ मिलिमिटर, बाराको रतनपुरीमा १३.४ मिलिमिटर, चितवनको गोविन्दवस्तीमा १२.४ मिलिमिटर, दाङको कोइलावासमा ७ मिलिमिटर र दार्चुलाको गोकुलेश्वरमा २.४ मिलिमिटर वर्षा भएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत महाशाखाले जनाएको छ। सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रकाशित : आइतबार, असार १ २०८२०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend