सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

माघमा अझै सुस्तायो घरजग्गा कारोबार, बैंकहरूले लगानी घटाएपछि फागुनमा थप मन्दी आउने संकेत

आइतबार, फागुन १ २०७८
माघमा अझै सुस्तायो घरजग्गा कारोबार, बैंकहरूले लगानी घटाएपछि फागुनमा थप मन्दी आउने संकेत

गत वर्षको मंसिर पुसमा भने मासिक ७५ देखि ८० हजार  हाराहारी घरजग्गा किनबेच र करिब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। अहिले भने उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ।  

काठमाडौं- घरजग्गा कारोबारमा माघ महिनामा झनै मन्दी आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको तथ्यांकअनुसार माघमा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको छ। यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो।

बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत झनै कडाइ गर्ने संकेत दिएकोले फागुनमा घरजग्गा कारोबार झनै सुस्ताउने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबारमा झनै कडाइ गर्ने नीति लिन सक्ने भएकोले फागुन महिनामा कारोबार अझै घट्ने देखिएको हो। 

सबैभन्दा धेरै किनबेच हुने पूर्वी क्षेत्रमा नै घरजग्गा कारोबारमा मन्दी आएको छ। काठमाडौं उपत्यकामा ८ हजार ५ सय १८ वटा मात्रै घरजग्गा कारोबार भएको छ। पुस महिनामा ८ हजार ३ सय ८७ वटा किनबेच भएको थियो। बैंकमा तरलता अभावसँगै गत साउनदेखि नै घरजग्गा कारोबारमा मन्दी आएको छ। बैंकहरूले ऋण लगानी गर्न छाडेपछि असर घरजग्गा कारोबारमा परेको हो। 

घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्व पनि माघमा ३ अर्ब ३२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। कात्तिकमा ३ अर्ब २२ करोड, मंसिरमा, ४ अर्ब २२ करोड, पुसमा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। माघ महिनामा १ अर्ब २६ करोड पुँजीगत लाभकर संकलन भएको छ। 

गत वर्षको मंसिर पुसमा भने मासिक ७५ देखि ८० हजार  हाराहारी घरजग्गा किनबेच र करिब १० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। अहिले भने उपत्यकामै घरजग्गा कारोबारमा सुस्ताएको छ।  


प्रकाशित : आइतबार, फागुन १ २०७८११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend