सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुनिल शर्माको नोबेल र केएमसी मेडिकल कलेजमा लगानी पौने ९ अर्ब लगानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २ २०७८
सुनिल शर्माको नोबेल र केएमसी मेडिकल कलेजमा लगानी पौने ९ अर्ब लगानी

दुई वटा कलेजमा तथा अस्पतालमा ८ अर्ब ७५ करोड लगानी रहेको शर्माले उद्योगमा दर्ता गराउँदै लगानी घोषणा गरेका हुन्।

काठमाडौं- व्यवसायी सुनिल शर्मा मेडिकल व्यवसायीका रुपमा चिनिन्छन्। दुईवटा मेडिकल कलेजमा शर्माको लगानी रहेको छ। नोबल मेडिकल कलेज टिचिङ अस्पतालबाट यो क्षेत्रमा प्रवेश गरेका शर्मा अहिले मेडिकल व्यवसाय विस्तारमा लागिरहेका छन्।

उनले केही वर्षअगाडि मात्रै काठमाडौं मेडिकल कलेज (केएमसी) को केही सेयर खरिद गरेका थिए। अहिले उनले केएमसीमा समेत आफ्नो बहुमत सेयर बनाइसकेका छन्। उनले केही समयअगाडि नेपालगञ्ज मेडिकल कलेज खरिद गर्न लागेका थिए। तर उनले त्यो खरिद गर्न भने पाएनन्।

कम्पनीमा दर्ता गराएर सञ्चालन गर्दै आएका मेडिकल कलेज शर्माले अहिले उद्योगमा दर्ता गराएका छन्। शर्माको दुईवटा मेडिकल कलेज नोबल मेडिकल कलेज टिचिङ अस्पतालबाट र काठमाडौं मेडिकल कलेजलाई उद्योगमा दर्ता गराएका छन्। दुईवटा कलेजमा तथा अस्पतालमा ८ अर्ब ७५ करोड लगानी रहेको शर्माले उद्योगमा दर्ता गराउँदै लगानी घोषणा गरेका हुन्।

कम्पनीमा मात्रै दर्ता हुँदा उद्योगका सुविधा नपाउने भएपछि मेडिकल कलेजहरू उद्योगमा दर्ता गर्न जान थालेका हुन्। उद्योग विभागमा अनुसार मोरङको विराटनगरमा सञ्चालन भइरहेको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालि उद्योगमा दर्ता भइसकेको छ। शर्माको नोबेलसँगै काठमाडौंको सिनामंगलमा रहेको केएमसीमासमेत लगानी रहेको छ।

शर्माले दुईवटै मेडिकल कलेज उद्योगमा दर्ता गराउने प्रक्रिया सुरु गराएका थिए। अहिले दुईवटै कलेज उद्योगमा दर्ता गराएका हुन्। नोबल मेडिकल कलेज सन् २००४ देखि सञ्चालनमा आएको हो। १८ वर्षपछि कलेज उद्योगमा दर्ता भएको हो। कलेजमा ५ अर्ब ४५ करोड रूपैयाँ लगानी रहेको छ। मेडिकल कलेजमा सञ्चालन भएको अस्पतालमा तीन सय बेड रहेका छन्।

कलेजले वार्षिक १ सय ८१ जनालाई मेडिकल डिग्री अध्ययन गराउने र १ सय ८१ जनालाई नै सीटीईभीटी कोर्ष अध्ययन गराउने भन्दै उद्योगमा दर्ता भएको छ। उद्योगमा परिणत भएको नोबल मेडिकल कलेज टिचिङ अस्पतालमा १ हजार १ सय ७० जनाले रोजगारी पाउने र १५ सय केभिए बत्ती खपत हुने जनाइएको छ।

यसैगरी, शर्माको लगानी रहेको केएमसीमा ३ अर्ब ३० करोड लगानी रहेको छ। मेडिकल कलेजमा सञ्चालन भएको अस्पतालमा ५ सय वेड रहेका छन्।

कलेजले वार्षिक ३ सय १४ जनालाई मेडिकल डिग्री अध्ययन गराउने भन्दै उद्योगमा दर्ता भएको छ। उद्योगमा परिणत भएको नोबल मेडिकल कलेज टिचिङ अस्पतालमा ७ सय ५५ जनाले रोजगारी पाउने र १५ सय केभिए बत्ती खपत हुने जनाइएको छ।


प्रकाशित : सोमबार, फागुन २ २०७८०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend