मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टेलिकमको बिलिङ खरिद छाडेर सुनिल पौडेलले कमिसनका लागि रोजेका थिए एकमुस्ट 'एएमसी' सम्झौता

आइतबार, जेठ २५ २०८२
टेलिकमको बिलिङ खरिद छाडेर सुनिल पौडेलले कमिसनका लागि रोजेका थिए एकमुस्ट 'एएमसी' सम्झौता

सम्झौताअनुसार हालसम्म ९ करोड भुक्तानी भएको तर ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ दायित्व सिर्जना भएको छ। यही दायित्व सिर्जना भएको रकमलाई बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।

काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रबन्ध निर्देशकसहित १८ जनालाई मुद्दा दायर गरेको छ।

मूल ठेक्का सम्झौतामा भएको छुटको मर्मविपरीत हुनेगरी मूल्य बढाएर सम्झौता गरेको र त्यही कारणले गर्दा संस्थालाई नोक्सानी भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

नेपाल टेलिकममा हाल रहेको एसिया इन्फोको बिलिङको मर्मतसम्भार सम्झौता गर्दा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन कमर्सियल विभागमा रहेकी हालकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, एसिया इन्फोका स्थानीय साझेदार र कर्मचारीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो।

तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, प्रबन्धक देवेन्द्र खतिवडा, उपप्रबन्धकहरु राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईलाई प्रतिवदी बनाइएको छ।

त्यस्तै, एसिया इन्फोका वरिष्ठ निर्देशक लङयोङ, हुङ ओई र स्थानीय साझेदार अरनिको इन्टरनेसनलका शैलेस श्रेष्ठलाई मतियारका रुपमा प्रतिवादी बनाएको छ।

टेलिकमले त्यतिबेला ४+१ वर्षका लागि मर्मतसम्भार सेवाका लागि २ करोड ५ लाख ६३ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो। ६ वर्षसम्मका लागि यस्तो सेवा लिन सकिने तर त्यसका लागि बर्सेनि ५ प्रतिशतका दर न्यून मूल्यमा सेवा लिनु/दिनुपर्ने सम्झौता रहेको थियो।

सोहीअनुसार बर्सेनि सम्झौता गर्दा मूल्य घट्दै जाने र संस्थालाई लाभ हुने व्यवस्था सम्झौतामा रहेको छ। तर यो एकमुस्ट सम्झौता गर्दा विभिन्न सेवा थप गरेको नाममा अधिक मूल्य बढाइएको थियो। 

सम्झौताअनुसार हालसम्म ९ करोड भुक्तानी भएको तर ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ दायित्व सिर्जना भएको छ। यही दायित्व सिर्जना भएको रकमलाई बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।

प्रत्येक वर्षको फरक फरक रकम तथा आँकडालाई छुट्टै हिसाब गर्नुपर्ने थियो। जुन अनुसार यदि पहिलो वर्ष ३० करोडको सेवाशुल्क भएमा अर्को वर्ष ३० करोड रुपैयाँको ५ प्रतिशत न्यूनमा सम्झौता गर्नुपर्ने हुन्छ दोस्रो वर्ष। तर यहाँ सम्झौताभन्दा अघिल्लो वर्षको सम्झौतामा हिसाब गरेर गोलमाल बनाइएको थियो। त्यसमाथि अन्य शीर्षक थपेर संस्थालाई थप नोक्सान गराइएको अख्तियारको ठहर छ।

नयाँ बिलिङ प्रणाली जडान छाडेर तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलले एकमुस्ट मर्मतसम्भार सेवा सम्झौता गरेका थिए। व्यावसायिक क्षयीकरण गराइरहेको कम्पनीलाई नै पोस्नेगरी पौडेलले चालेको कदममा त्यतिबेला अहिलेको प्रबन्ध निर्देशक पहाडीले पनि साथ दिएकी थिइन्। वार्ता पनि उनलै गरेकी थिइन्।

नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता  नेपाल टेलिकमको बिलिङ प्रणाली भद्रगोल बनाउने चिनियाँ कम्पनीसँग चार वर्षका लागि ३ अर्बको मर्मत सम्झौता 

बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी बिलिङ प्रणाली मर्मतमा चिनियाँ कम्पनी एसिया इन्फोको चरम लापरबाही, नेपाल टेलिकमलाई अर्बौं नोक्सानी

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतमा घोटाला, एकैपटक ४ वर्षे सम्झौता, एकमुष्ट २ अर्ब विदेशमा भुक्तानी गर्न माग्यो अनुमति


प्रकाशित : आइतबार, जेठ २५ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend