सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अवैध सुन ल्याइरहेका चिनियाँ नागरिक पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १ २०७८
अवैध सुन ल्याइरहेका चिनियाँ नागरिक पक्राउ

काठमाडौं- अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको ४ हजार ८ सय ४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ चिनियाँ नागरिक लिदहिमालय एयरको उडानद्धारा काठमाडौं आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै पक्राउ गरेको हो।

पक्राउ परेका लिले चारवटा पोकामा भित्री पोशाकभित्र लुकाएर उक्त सामान ल्याएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, फागुन १ २०७८०८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend