सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौं महानगरको कर 'खल्ती'बाट तिर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
काठमाडौं महानगरको कर 'खल्ती'बाट तिर्न सकिने 

करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब 'खल्ती' मार्फत भुक्तानी गर्न सकिने छ। 

काठमाडौं- काठमाडौं महानगरपालिकाको कर तथा शुल्क अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीबाट तिर्न सकिने भएको छ। 

करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब 'खल्ती' मार्फत भुक्तानी गर्न सकिने छ। 

यो सुविधा लिनका लागि सबैभन्दा पहिला 

१  यो सुविधा लिनका लागि करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ
२ दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग-इन गर्नपर्छ
३ करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ 
४ आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ
५ सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सकिने छ 

 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend