आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

गोसाइँकुण्डमा धार्मिक पर्यटकको चहलपहल सुरु

images
आइतबार, जेठ ११ २०८२
images
गोसाइँकुण्डमा धार्मिक पर्यटकको चहलपहल सुरु

समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले बताए।

images
images

रसुवा- गंगा दशहरा पर्वको अवसरमा पवित्र तीर्थस्तल गोसाइँकुण्ड जाने धार्मिक पर्यटककाे चहलपहल सुरु भएको छ। जेठ १३ गतेदेखि सुरु हुने सो मेला भर्न आउने भारतीयसहित नेपाली धार्मिक पर्यटकको जिल्ला सदरमुकाम धुञ्चेसहित आसपासका क्षेत्रमा चहलपहल देखिएको हाे। 

images
images
images

समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा जेठ २४ गतेसम्म लाग्ने धार्मिक मेलामा जाने भक्तजनको उल्लेख्य उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले बताए। 

images
images

गंगा दशहरा पर्वका अवसरमा यस वर्ष मित्रराष्ट्र भारतसहित टाढाबाट समेत धार्मिक पर्यटक आउने क्रम सुरु भएको बताउँदै जिल्ला प्रहरी प्रमुख शाहीले सोही अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक तयारी गरेको जानकारी दिए। 

images
images

गोसाइँकुण्ड क्षेत्र विकास समितिले काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रापछि पैदल यात्रा सुरु भई तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ। पैदल यात्राका क्रममा समस्या भए सहजीकरण गर्ने प्रतिबद्धता गोसाइँकुण्ड क्षेत्र विकास समितिले गरेको छ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष पर्व गंगा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ। गोसाइँकुण्डमा स्नान गरी धुन्चे आइपुगेमन कृषि वैज्ञानिक डा. ताराबहादुर घिमिरेले हाम्रो धार्मिक आस्थाको केन्द्र शिव शंकर भगवान् विराजमान गोसाइँकुण्ड पुगी स्नान गर्न सबैलाई सुझाव दिएका छन्। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend