शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
राष्ट्रिय गौरवको आयोजन

६ महिनामा १६.३९ प्रतिशत मात्रै बजेट खर्च, कुन आयोजनमा कति खर्च?

बिहीबार , माघ २७ २०७८
६ महिनामा १६.३९ प्रतिशत मात्रै बजेट खर्च, कुन आयोजनमा कति खर्च?

बजेटमा राष्ट्रिय गौरवका आयोजनका लागि ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको थियो।

काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको रकममध्ये १६.३९ प्रतिशतमात्रै खर्च भएको जनाएको छ।

बजेटमा राष्ट्रिय गौरवका आयोजनका लागि ८२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको थियो। सरकारले २५ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ। जसमध्ये ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाा निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यसैगरी पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण मोडालिटी तयार नहुँदा आयोजना सुरु हुन सकेको छैन भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण भइरहेको अर्थमन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा उल्लेख छ।

राष्ट्रिय गौरवको आयोजनाका लागि सरकारले चालु खर्चतर्फ ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थातर्फ १२ अर्ब ३८ करोड ८० लाख रुपैयाँ गरी ८२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको थियो। जसमा चालु खर्चतर्फ १ अर्ब ३६ करोड, पुँजीगत खर्च तर्फ ११ अर्ब ६३ करोड र वित्तीय व्यवस्था तर्फ ४८ करोड ५० लाख गरी ६ महिनामा कुल १३ अर्ब ४८ करोड खर्च भएको अर्थमन्त्रायले जनाएको छ।

कुन आयोजनामा कति भयो खर्च

क्रस

आयोजनाको नाम

विनियोजित बजेट

खर्च

मध्य पहाडी

८ अर्ब १३ करोड

१ अर्ब ९६ करोड

हुलाकी राजमार्ग

६ अर्ब ३९ करोड

२ अर्ब ४५ करोड

उत्तर दक्षिण कोशी करिडोर

१ अर्ब ११ करोड

१५ करोड

उत्तर दक्षिण कालिगण्डकी करिडोर

२ अर्ब ४२ करोड

७७ करोड

उत्तर दक्षिण कर्णाली करिडोर

५८ करोड ९० लाख

५ करोड

मेट्रो मनो रेल

६ अर्ब ५३ करोड

९५ करोड

द्रुत मार्ग

८ अर्ब ९२ करोड

१ अर्ब ४० करोड

गल्छी त्रिशुली मैलुङ

१ अर्ब ६२ करोड

८२ करोड ५९ लाख

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

३ अर्ब ५२ करोड

१८ करोड ५० लाख

१०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

८ अर्ब ५० करोड

उल्लेख नभएको

११

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

३६ करोड

३० करोड

१२

पशुपति क्षेत्र विकास कोष

३५ करोड

८ करोड ५१लाख

१३

लुम्बिनी विकास कोष

१ अर्ब ५० करोड

७०करोड ६० लाख

१४

बुढीगण्डीकी जलविद्युत

७ अर्ब ९९ करोड

१८ करोड ६५ लाख

१५

बबई सिँचाई

१ अर्ब ३४ करोड

२२ करोड ९८ लाख

१५

महाकाली सिँचाई

१ अर्ब १९ करोड

४१ करोड ४६ लाख

१६

सिक्टा सिँचाई

१ अर्ब ५५ करोड

३० करोड

१७

रानीजमरा

२ अर्ब ३५ करोड

५९ करोड

१८

भेरी बबई डाइभर्सन

३ अर्ब ६ करोड

४१ करोड

१९

सुनकोशी मरिन

२ अर्ब ३६ करोड

७९ करोड

२०

राष्ट्रपति चुरे संरक्षण

१ अर्ब ५२ करोड

१४ करोड ७९ लाख

२१

मेलम्ची खानेपानी

१ अर्ब ७६ करोड

१५ करोड ६१ लाख

२२

एमसीसी

९ अर्ब १० करोड

३१ करोड ६७ लाख

 


प्रकाशित : बिहीबार , माघ २७ २०७८११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend