आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विकासका काम सरकार र निर्माण व्यवसायीको मात्रै होइन सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

images
आइतबार, जेठ ११ २०८२
images
विकासका काम सरकार र निर्माण व्यवसायीको मात्रै होइन सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गरे। साथै सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा उनकाे छ। पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो। यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ।

images
images

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको उनकाे भनाइ छ। स्थानीयबासी र सरोकारवाला निकायको सकरात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने मुख्यमन्त्री कँडेल बताउँछन्।

images
images

आइतबार बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी-रानीघाट-तेलपानी-भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर-२ पलाटेमा मूलपानी-रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोनन्ति कार्यको सुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन्।

images
images

पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गरे। साथै सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा उनकाे छ। पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो। यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ।

‘विकास यथाशीघ्र गर्न सबैको चासो हुनुपर्छ। ३२ करोड रुपैयाँमा ठेक्का खोलिएकाेमा निर्माण व्यवसायीले १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरु गरेका हुन्’ उनले भने। कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको छ।

सडक निर्माणसँगै चितवनको देवघाट जस्तै रानीघाटलाई प्रबर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्री कँडेल प्रतिबद्धता व्यक्त गरेका छन्। सडक सम्पन्न भएपछि बर्दिया-सुर्खेत यात्राकाे दूरी घट्छ भने कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गरे।

काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने बताइएकाे छ। निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए।

उनले भने, ‘प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ। विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व छ।’ साथै आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई उनले अनुरोध गरेका छन्। रासस


प्रकाशित : आइतबार, जेठ ११ २०८२१३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend