आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

जेठ अन्त्यसम्म ग्वार्को फ्लाईओभर निर्माण पूरा हुन्छ : भौतिक मन्त्री दाहाल

images
आइतबार, जेठ ११ २०८२
images
जेठ अन्त्यसम्म ग्वार्को फ्लाईओभर निर्माण पूरा हुन्छ  : भौतिक मन्त्री दाहाल

फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो। फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन्। जेठ भरिमा काम पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताए।

images
images
images

आइतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिएका छन्। ‘अब ढिलाई गर्ने छुट छैन। परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ। यो प्रतिक्षाको आयोजना पनि हो’ मन्त्री दाहालले भने।

images
images

फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो। फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ। अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएकाे र त्यो समाधान गरी सकेको जानकारी दिएका छन्।

images
images

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए। सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ। हाल आवश्यक भागमा कालोपत्रेको काम भई रहेको छ।

आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले फ्लाई ओभर निर्माणको काम गरी रहेको छ। १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाई ओभर शुरु ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो। तर, निर्धारित समयमा पूरा नभए पछि म्याद थप भई निर्माण कार्य अघि बढेको हो।


प्रकाशित : आइतबार, जेठ ११ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend