जुम्ला- असिना सहितको वर्षाले यहाँका स्याउ बगैँचामा क्षति पुर्याएको छ। तिला गाउँपालिका-९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो।
विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए।
जुम्लामा झण्डै आधा फिट असिना परेको थियो। वडाध्यक्ष रावत भन्छन्, ‘पाकेको बाली खेतबारीमै झारेको छ। सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ।’
स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको उनकाे भनाइ छ। असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतले जानकारी दिए। रासस