शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण, उद्धारमा सहज हुने विश्वास

images
शनिबार, जेठ १० २०८२
images
मुगुको विकट गाउँ पुलुमा ‘हेलिप्याड’ निर्माण, उद्धारमा सहज हुने विश्वास

उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका थिए। गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरेका छन्। मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्।

images
images

मुगु- यहाँको विकट क्षेत्र मानिने मुगुम कर्मारोङ गाउँपालिकाको केन्द्र पुलुमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। सो हेलिप्याड निर्माण सम्पन्न गरी सेनाले गत शुक्रबार गाउँपालिकालाई हस्तान्तरण गरेको हाे।

images
images
images

उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापाले गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई हेलिप्याड हस्तान्तरण गरेका थिए। गाउँपालिका अध्यक्ष लामाले सेनाको प्रशंसा गरेका छन्। मुगूमका जनताले विपद्मा उद्धार तथा राहत समयमा पाएका थिएनन्।

images
images

सुत्केरी र बिरामीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको थियो। पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनुपरेको थियो। ‘मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला सक्नेले हेलिकप्टर सेवा लिने छन्’ अध्यक्ष क्याप्नेले भने।

images
images

कर्मारोङका पाटनमा बहुमूल्य जुडिबुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका हजारौँ मानिस यार्सा टिप्न यहाँ आउँछन्। उच्च हिमाली भुभाग, मौसममा फेरवदल भइरहने, अक्सिजनको कमी, अत्यधिक चिसोका कारण बर्सेन दजनौं यार्सा संकलक बिरामी हुन्छन्।

तर, समयमा उपचार नपाउँदा मानिसकाे मृत्य हुने गरेकाले हेलिप्याड निर्माणले उद्धारमा सहयोग पुग्ने ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए। हेलिप्याड ८ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण गरिएको हो। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend