शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

एक महिना काफल बेचेर वर्षभरिको खर्च जोहो गर्छन् पाल्पाका स्थानीय

images
शनिबार, जेठ १० २०८२
images
एक महिना काफल बेचेर वर्षभरिको खर्च जोहो गर्छन् पाल्पाका स्थानीय

माथागढी गाउँपालिकाको शिकारकोटकी ६५ वर्षीया वसन्ती दर्लामीले यस पटक एक महिनामा काफल बिक्री गरेर वर्ष दिनलाई पुग्ने अन्न जोहो गरेकी छन्। ‘यो सिजनमा बिक्री गरेको काफलबाट आएको पैसाले एक वर्षलाई पुग्ने नुन, तेल, चिनी र दाल किनिसकेकी छु’ दर्लामीले भनिन्।

images
images

पाल्पा- यहाँको माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सविता नेपालीले काफल बिक्रीबाट प्राप्त रकमले किताब, कापी र पोसाक किन्ने गरेकी छन्। गरिबीका कारण पढाइ खर्च जुटाउन र अन्नको जोहो गर्न काफल बिक्री गर्दै आएको उनले सुनाइन्।

images
images
images

‘स्कूलबाट घर पुग्दा आमा बुवाले काफल टिपेर राखिदिनुहुन्छ, अर्को दिन त्यही काफल बोकेर बिक्री गर्न नजिकैको पसलमा लैजान्छु। कहिले सडकमा गएर बस्छु गाडीका याुत्रले किनेर लान्छन्’ उनले भनिन्।

images
images

चैतको पहिलो सातादेखि बैशाख अन्तिमसम्म बिहान बेलुका काफल टिपेर बेच्दै आएको सविताकाे भनाइ छ। उनले दैनिक चार सय रुपैयाँसम्मको काफल बेच्च्ने गरेकी छन्। 

images
images

अर्का छात्र मनिष सारुले पनि घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ खर्च जुटाउन काफल बेच्दै आएका छन्। ‘सँगैका साथीहरू काफल बेच्न हिँडेका छन्, राम्रै पैसा घर लान्छन्’, उनले भने, ‘सिजनको फल भएकाले सबैको आम्दानीको स्रोत बनेको छ।’

उनीहरु जस्ता धेरै बालबालिकाको पढाइ काफलसँग जोडिएको छ। सिजनको समयमा बिहान-बेलुका धेरै बालबालिका देवगिर, दकमडा, तानसेनका सडकहरुमा काफल बेच्दै गरेका भेटिन्छन्। जिल्लाको माथागढी, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका ६० बढी बालबालिका काफल बेच्छन्।

कालिका मावि मुझुङमा पढ्ने सुदिप सोमरे र प्रदीप कनौजेले काफल बेचेरै कापी कलम जोहो गर्छन्। बुटवल, भैरहवा र काठमाडौं जाने यात्रुले मौसमी फलका रूपमा काफल किन्छन्। बालबालिकाहरुले मात्रै होइन अभिभावकले समेत काफल बिक्री गरेर अन्नको जोहो गर्छन्।

माथागढी गाउँपालिकाको शिकारकोटकी ६५ वर्षीया वसन्ती दर्लामीले यस पटक एक महिनामा काफल बिक्री गरेर वर्ष दिनलाई पुग्ने अन्न जोहो गरेकी छन्। ‘यो सिजनमा बिक्री गरेको काफलबाट आएको पैसाले एक वर्षलाई पुग्ने नुन, तेल, चिनी र दाल किनिसकेकी छु’ दर्लामीले भनिन्। 

गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि शिकारकोटको मात्र नभई देवगिरका एक सय बढी परिवारका लागि आम्दानीको स्रोत बनेको छ काफल। चैतको पहिलो सातादेखि बैशाखको तेस्रो सातासम्म यहाँका अधिकांश सर्वसाधारण काफल टिप्न व्यस्त हुन्छन्। स्थानीयले  व्यापारीलाई प्रति माना ८० का दरले बिक्री गर्छन्।

माथिल्लो शिकारकोटका २० भन्दा बढी घर परिवारले पहिलो दिन काफल टिपी भोलि बिहानै मिर्मिरेमा डोकोमा बोकी हुलै भएर खहरे, सराइ, दमकडा बजारका बस्ती-बस्तीमा पुगी मौसमअनुसार एक सयदेखि दुई सयसम्ममा प्रति माना बिक्री गर्ने गरेको स्थानीय बुधमाया घर्तीकाे भनाइ छ।

पहिला-पहिला काफल बेच्न अहिले जस्तो सजिलो थिएन। काफल र अन्न, गहुँ, मकै, चामलसित बराबरी साट्नका लागि पोखराथोक, चिदीपानी, नायर नमतलेस, मदनपोखरा जस्ता बस्तीमा पुग्नुपर्थ्याे। ‘अहिले आफ्नै टोल, घरबाट गाडीमा बसेर तानसेन-बुटवल जस्ता सहरमा लैजाँदा दैनिक ४ देखि ६ हजार रुपैयाँसम्म कमाइ हुन्छ।’

देवगिरकी स्थानीय गीता बरालले गत वर्ष काफल बिक्रीबाट ४० हजार कमाइन्। यस वर्ष कम फलेका कारण २०/२२ हजार मात्रै आम्दानी हुने उनको अनुमान छ। यहाँका काफल बुटवल, तानसेन, बुटवलका बजारसम्म बिक्रीका लागि लगिन्छ।

देवगिरका स्थानीय व्यापारी बालकृष्ण न्यौपानेका अनुसार गतवर्ष मात्रै काफल बिक्रीबाटै गाउँमा २५ लाख रुपैयाँ भित्रिएको थियो। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend