काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोशी प्रदेशको भ्रमण गरेका छन्। प्राधिकरणकाे कोशी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखहरु, ग्रिड महाशाखा प्रमुख तथा उक्त क्षेत्रमा सञ्चालित आयोजना प्रमुखहरुसँग उनले विराटनगरमा छलफल गरेका हुन्।
नागरीकलाई भरपर्दो एवं गुणस्तरिय विद्युत आपुर्ति व्यवस्था मिलाउन साथै सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर गुनासो रहित सेवा प्रवाह गर्न शाक्यले निर्देशन दिएका छन्। दुहवि ग्रिड, इनरुवा सबस्टेशन निर्माणाधीन बर्जु सबस्टेशन एवं विराटनगर, रंगेलि तथा इटहरि वितरण केन्द्रको स्थलगत निरिक्षण गरी भएकाे छ।
त्यहाँ कार्यरत कर्मचारिको गुनासो सुनेका शाक्यले सोही अवसरमा कर्मचारिलाई उच्च अनुशासनमा रही सेवा ग्राहीको चाहाना र आवश्यकता अनुशार कार्य गर्न एवं विद्युतिय दुर्घटना नहुने गरी कार्य सम्पादन गर्न सजग गराएका थिए।
विराटनगरमा उद्योगि व्यापारिहरुसँगको छलफलमा उद्योग संघ संगठनका प्रतिनिधिले विद्युत प्राधिकरण र सेवाग्राहीहरु एक अर्काका परिपुरक भएकाले सम्मानसहितको सेवा प्रवाहको अपेक्षा राखेका थिए।
डेडिकेटेड र ट्रंक लाइनको विवाद निरुपण गर्न सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको तर प्राधिकरणले पनि न्यायोचित व्यवहार देखाउनु पर्ने उनिहरुको भनाइ रहको थियो।
उद्योगि व्यापारी तथा पत्रकारहरुसँग अन्तरक्रिया गरेका शाक्यले नियमित भरपर्दो सस्तो र दिगो विद्युत व्यवस्थापन अबको आवश्यकता रहेको र त्यसका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरीने प्रतिबद्धता व्यक्त गरेका थिए।
ठुला जलाशय युक्त आयोजनाहरुको निर्माण प्रशारण र वितरण प्रणालीको स्तरउन्नति लगायतको कार्य गरी अधिक भन्दा अधिक आन्तरिक विद्युत खपतको वातावरण सिर्जना गरिने र बाँकी रहने विद्युत निर्यात गरी नेपालको सम्बृद्धि मा योगदन गर्ने उनकाे भनाइ छ।
सोही कार्यक्रममा कोशी प्रादेश अन्तर्गत गत वर्ष उच्चतम विद्युत खपत गरी नियमति महशुल भक्तानी गर्ने १० प्रादेशिक स्तरका उपभोक्ताहरुलाई कार्यकारी निर्देशक शाक्यले सम्मानसमेत गरेका थिए।