शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीकाे आग्रह

images
शनिबार, जेठ १० २०८२
images
कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न  प्रहरीकाे आग्रह

मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध भएकाे हाे।

images
images

बागमती- हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२  जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध भएकाे हाे।

images
images
images

शुक्रबार रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

images
images

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए।

images
images

कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा-काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे। रासस


प्रकाशित : शनिबार, जेठ १० २०८२१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend