मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

क्रिकेटमा कर्पोरेट सहभागिता, शिव शक्ति ग्रुप काठमाडौं किंग्ससँग जोडियो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
क्रिकेटमा कर्पोरेट सहभागिता, शिव शक्ति ग्रुप काठमाडौं किंग्ससँग जोडियो

काठमाडौं- शिव शक्ति ग्रुप एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको फ्रेन्चाइज टिम काठमाडौं किंग्स इलाभेनको गोल्डेन पार्टनर बनेको छ। 

शिव शक्ति ग्रुपको ‘फेमिली ओइल र उर्जा राइस’सँग सोमबार काठमाडौं किंग्स इलाभेनले सम्झौता गरेको हो। 

शिव शक्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो जसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषि जन्य उत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन्। 

‘नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ। हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं। एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौँ’ शिव शक्ति ग्रुपका निर्देशक सन्दीप अग्रवालले भने। 

यस वर्षको एभरेस्ट प्रिमियर लिग त्रिवि मैदान कीर्तिपुरमा २५ सेटेम्बरबाट सुरु हुँदैछ। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend