शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

images
शुक्रबार, जेठ ९ २०८२
images
सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको हो।

images
images

राँझा- बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ। पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पुर्‍याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए।

images
images
images

उनका अनुसार राप्ती सोनारी गाउँपालिका-४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ। उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र-शाखा नहर निर्माण गरिने र शाखामा तीनवटा जति प्र-शाखा नहर रहनेछन्।

images
images

शाखा नहर निर्माणका लागि पाँच करोड ७९ लाख रूपैयाँमा पीएस निर्माण सेवासँग ठेक्का सम्झौता भइ काम अगाडि बढेको आयोजनाका इञ्जिनियिर विनेश श्रेष्ठले जानकारी दिए।

images
images

शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको र यसबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पुर्‍याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको उनले बताए। लिफ्ट सिँचाइका लागिसमेत पाँच करोड ५० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको श्रेष्ठले जानकारी दिए।

पूर्वी मूल नहरमा शाखा नहर निर्माण नहुँदा स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर सिँचाइ गर्दै आएका थिए। राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजनाले किसानको खेतमा पानी पुर्‍याउनुपर्ने बताए। राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोए पनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था गरिदिनुपर्ने उनको माग छ।

यस आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको छ। आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ। पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजना निर्देशक आचार्यले बताए। हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र पश्चिमी मूल नहरको ४५ दशमलव २५ किमी निर्माण काम सम्पन्न भइसकेको उनले बताए। पूर्वी मूल नहरको ५३ दशमलव ५० किमीमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ९ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend