आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images
बीवाईडी बिक्रेता साइमेक्सको करछली मुद्दा

राजस्व न्यायाधीकरणको ‘केही उल्टी’मा चित्त नबुझेपछि सर्वोच्च गयो जाँचपास परीक्षण कार्यालय

images
आइतबार, जेठ ११ २०८२
images
राजस्व न्यायाधीकरणको ‘केही उल्टी’मा चित्त नबुझेपछि सर्वोच्च गयो जाँचपास परीक्षण कार्यालय

साइमेक्सबाट चित्तबुझ्दो जवाफ नआएपछि भन्सार जाँचपास परीक्षण कार्यालयले साइमेक्स इंकलाई छली भएको कर र जरिवानासमेत गरी कुल १ करोड १२ लाख २९ हजार ५ सय २० रुपैयाँ तिर्न आउन २०८० पुस १३ गते पत्र पठाएको थियो।

images
images

काठमाडौं- साइमेक्स इंकले बीवाईडीको विद्युतीय कार 'ई-सिक्स' आयातमा करछली भएको विषय सर्वोच्च अदालतसम्म पुगेको छ।

images
images
images

साइमेक्स इंकले भन्सार जाँचपास परीक्षण कार्यालयले निर्धारण गरेको करविरुद्ध राजस्व न्यायाधीकरणमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा केही उल्टी हुने न्यायाधीकरणको फैसलापछि त्यसमा चित्त नबुझाएर कार्यालय सर्वोच्च अदालत पुगेको हो।

images
images

भन्सार जाँचपास परीक्षण कार्यालयले रावस्व न्यायाधीकरणको फैसलाको पूर्णपाठ प्राप्त गरेलगत्तै महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च जान अनुमति माग गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले अनुमति दिएपछि जाँचपास परीक्षण कार्यालयको निवेदन गएको फागनुमै सर्वोच्चमा दर्ता भइसकेको छ। 

images
images

बीवाईडी बिक्रेता साइमेक्सले १० हजार डलरमा आयात गरेको ई-सिक्समा हुँदै नभएको खर्च देखाएर ५० लाख रुपैयाँ बिक्री मूल्य राखेर बिक्री गरेको तथ्य बिजनेस न्युजले बाहिर ल्याएसँगै भन्सार विभागअन्तर्गतको भन्सार पाँचपास परीक्षण कार्यालयले अनुसन्धान गरेर साइमेक्सले बीवाईडी ई-सिक्स आयातमा करछली भएको ठहर गरेको थियो। करछली गरेको ठहर गरेर कार्यालयले साइकेक्स इंकलाई छली भएको कर र जरिवानासमेत निर्धारण गरेर तिर्नका लागि पत्र काटेको थियो। 

कार्यालयले साइमेक्स इंकलाई २०८० मंसिर २२ गते छली भएको कर र त्यसको जरिवानासमेतको रकम गरी कुल १ करोड १२ लाख २९ हजार ५ सय २० रुपैयाँ निर्धारण गरेर सोबमोजिम गर्नु नपर्ने कुनै ठोस प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेश गर्न भनेको थियो।

साइमेक्सबाट चित्तबुझ्दो जवाफ नआएपछि भन्सार जाँचपास परीक्षण कार्यालयले साइमेक्स इंकलाई छली भएको कर र जरिवानासमेत गरी कुल १ करोड १२ लाख २९ हजार ५ सय २० रुपैयाँ तिर्न आउन २०८० पुस १३ गते पत्र पठाएको थियो। 

कार्यालयको उक्त निर्णय चित्त नबुझेपछि साइमेक्स इंकले २०८० फागुन ३ गते राजस्व न्यायाधीकरणमा पुनरावेदनका लागि निवेदन दिएको थियो। साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले कम्पनीका तर्फबाट राजस्व न्यायाधीकरणमा निवेदन दिएका थिए। त्यसउपर न्यायाधीकरणले २०८१ बैशाख २३ गते फैसला गरेको थियो। 

उक्त फैसलाको पूर्णपाठमा केही उल्टी हुने भनिएको थियो। मूलभूत रुपमा साइमेक्सको दबमासी ठहरिएको र केही उल्टी हुने फैसला न्यायाधीकरणबाट आएपछि गएको फागुनमा भन्सार जाँचपास परीक्षण कार्यालयले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा जान अनुमति मागेको थियो। सर्वोच्चमा दर्ता भइसकेको उक्त मुद्दाको पेशी तोकिने क्रममा रहेको छ। 

साइमेक्सले आफूले नियमसम्मत ई-सिक्स आयात गरेर सबै कर तिरी उचित बिक्री मूल्य कायम गरेको जिकिर गरेको थियो। तर न्यायाधीकरणले साइमेक्सले करछली गर्ने उद्देश्यले वायर हाउस शुल्क प्रतिगाडी २ लाख २० हजार रुपैयाँ (ल्हासा)लाई गाडीको कस्ट लिस्टमा खर्चका रुपमा देखाएको ठहर गरिसकेको छ। 

साइमेक्स इंकले १० हजार अमेरिकी डलरमा आयात गरेको ई-सिक्सलाई अनावश्यक खर्च देखाएर ५० लाख रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको थियो। चर्काे नाफा आर्जन गर्न हुँदै नभएको खर्चलाई ल्हासामा प्रतिगाडी २ लाख २० हजार रुपैयाँ लागत परेको देखाएको थियो। यसबारेमा बिजनेस न्युजले समाचार लेखेको थियो। 

यो कुरालाई न्यायाधीकरणले सिधै अस्वीकार गरेर साइमेक्सले करछली गर्ने उद्देश्य राखेको प्रमाणित गरिदिएको हो। साइमेक्सले गरेको पुनरावेदनमा न्यायाधीकरणले चार्जर तथा अन्य एशोसिरिज आयात अलग्गै प्रज्ञापनपत्रमार्फत गरेकाले त्यसमा करछली नभएको र जरिवाना नलाग्ने उल्लेख गरेको छ। यो कुरामा जाँचपास परीक्षण कार्यालले चित्त नबुझाएर सर्वोच्च अदालत पुगेको हो। कार्यालयले आफूले छानबिन गरेअनुसार नै साइमेक्स इंकले करछली गरेको दाबी गरेर माथिल्लो अदालत पुगेको जनाएको छ।  

साइमेक्स इंकले २०२१ अक्टोबर १ देखि २०२२ अक्टोबर ३० सम्म रसुवा भन्सारबाट प्रतिगाडी १० हजार अमेरिकी डलरमा २० वटा बीवाईडी ई-सिक्स आयात गरेको थियो। कमर्सियल इन्भ्वाइस नम्बर पीभी (२१९६०००४) को प्रतिकार १० हजार डलरका दरले प्रज्ञापन पत्रमा घोषणा गरेको नाम बीवाईडी ई-सिक्स (इयर २०१५ भर्सन) विद्युतीय कार रहेको र कमर्सियल इनभ्वोइस नम्बर सीआई (पीभी) २१९६००२८०९२ को प्रतिकार २७ हजार डलरका दरले आयात गरेको साइमेक्सले नै पेश गरेको प्रष्टीकरणमा उल्लेख थियो। 

समान स्पेसिफिकेसनको विद्युतीय कारमा जथाभावी खर्च देखाएर साइमेक्सले अत्याधिक नाफा आर्जन गर्ने नियत राखेर आयात अघि नै योजना बनाएको न्यायाधीकरणको फैसलामा उल्लेख छ। यतिमात्र होइन बीवाईडी बिक्रेता साइमेक्स इंकले उपभोक्तामाथि ज्यादती नै गर्दै आएको छ। ५६ लाख रुपैयाँ पर्ने एटो थ्रीको मर्मत खर्च ५० लाख रुपैयाँभन्दा बढी लाग्ने बिल उपभोक्तालाई थमाइरहेको छ। 

यसका साथै हालैमात्र आयात भएको बीवाईडी डलफिनमा चीनबाट खरिद गरिएको मूल्य नै १७ प्रतिशत घट्दासमेत नेपालमा उपभोक्ता मूल्य घटाएको छैन। 

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : आइतबार, जेठ ११ २०८२११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend