मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

दार्चुलको व्यासमा हेलिकप्टरबाट खाद्यवस्तु 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
दार्चुलको व्यासमा हेलिकप्टरबाट खाद्यवस्तु 

६ हजार क्वीण्टल खाद्यबस्तु ढुवनीका लागि कम्पनीले टेन्डर सूचना गरेको छ। कम्पनीले स्थायी लेखा नम्बर वा भ्याटमा दर्ता भएको हेलिकप्टर तथा कार्गो कम्पनीले  टेन्डरमा सहभागी हुने पाउने गरी टेन्डर गरको हो।

काठमाडौं- सरकारले दार्चुलाको व्यासमा हेलिकप्टरबाट खाद्यबस्तु ढुवानी गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १, २, ३ र ४ सम्म हेलिकप्टरबाट सामान ढुवानी गर्न लागेको हो।

६ हजार क्वीण्टल खाद्यबस्तु ढुवानीका लागि कम्पनीले टेन्डर सूचना गरेको छ। कम्पनीले स्थायी लेखा नम्बर वा भ्याटमा दर्ता भएको हेलिकप्टर तथा कार्गो कम्पनीले  टेन्डरमा सहभागी हुने पाउने गरी टेन्डर आह्वान गरेको हो।

कम्पनीले  धनगढीबाट दार्चुला सदरमुकामसम्म ट्रक र सदरमुकामबाट व्यास १, २, ३ र ४ मा हेलिकप्टरबाट सामान ढुवानीका लागि भन्दै टेन्डर गरेको हो। भदौ २७ आइतबार टेन्डर डकुमेन्ट खरिद हुने र २८ गते सोमबार (आजै) टेन्डर दाखिला हुने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ २८ २०७८१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend