सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आठ महिनामै १ लाख ३५ हजार डाउनलोड भयो मेरो डाक्टर एप 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २५ २०७८
आठ महिनामै १ लाख ३५ हजार डाउनलोड भयो मेरो डाक्टर एप 

मेरो डाक्टर मोबाइल एप तथा वेव मार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौं– मिदास टेक्नोलोजीको हेल्थकेयर एप मेरो डाक्टर आठ महिनामै एक लाख डाउनलोड भएको छ। हालसम्म यो एप १ लाख ३५ हजार भन्दा बढी डाउनलोड भइसकेको कम्पनीले जानकारी दिएको छ। 

यो एपमा सूचीकृत अस्पतालतबाट पछिल्लो तीन महिनामा १० हजार बढी टिकट बिक्री भएको छ। यो एपमा हालसम्म १ सय ५० बढी अस्पतालहरु आवद्ध भएका छन्।
 
मेरो डाक्टर मोबाइल एप तथा वेव मार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सक्नेछन्। 
 


प्रकाशित : मंगलबार, माघ २५ २०७८११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend