सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सीईएलले पायो ३५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययन अनुमति

मंगलबार, माघ २५ २०७८
सीईएलले पायो ३५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययन अनुमति

नेपालमा सौर्य ऊर्जाको सम्भाव्यता रहेको भन्दै यसले चासो दिएको थियो। अहिले अध्ययनको मात्र अनुमति दिइएको हो। अध्ययन प्रतिवेदन पछि बोर्डले आयोजना निर्माणको अनुमति दिनसक्ने छ। 

काठमाडौं- ३५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययन अनुमति भारतीय कम्पनी सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेड (सीईएल)ले पाएको छ। 

लगानी बोर्डको म‌ंगलबार बसेको बैठकले भारतीय सरकारी कम्पनीलाई सौर्य ऊर्जा परियोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो। 

सुदूरपश्चिमको दिपयाल, सिलगढी लगायतका क्षेत्रमा ३५० मेगावाट क्षमताको ऊर्जा परियोजना सञ्चालनको सम्भाव्यताको अध्ययन गर्नका लागि अनुमति दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए। 

ऊर्जा मिश्रणको लक्ष्य पूरा गर्नका लागि जलविद्युतबाहेकका अन्य नवीकरणीय ऊर्जाका स्रोतमा पनि लगानी बढाउँदै जानुपर्ने सरकारी रणनीति अनुसार सौर्य ऊर्जा परियोजनालाई पनि केन्द्रमा राखिएको उनले बताए। 

सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेड भारत सरकारको स्वामित्वको कम्पनी हो। यसले अध्ययन अनुसन्धान गर्दै आएको छ। सोलारदेखि रेलवेसम्मका प्रविधिमा यो कम्पनीले काम गर्दै आएको छ।

नेपालमा सौर्य ऊर्जाको सम्भाव्यता रहेको भन्दै यसले चासो दिएको थियो। अहिले अध्ययनको मात्र अनुमति दिइएको हो। अध्ययन प्रतिवेदन पछि बोर्डले आयोजना निर्माणको अनुमति दिनसक्ने छ। 

प्रकाशित : मंगलबार, माघ २५ २०७८०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend