मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास : सांसद योगेश भट्टराई

images
मंगलबार, वैशाख २३ २०८२
images
नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास : सांसद योगेश भट्टराई

प्रतिनिधिसभाको बैठकमा उनले युवालाई रोजगारी दिने र लगानी गर्न उपयुक्त नीतिको सुनिश्चितता गरिएको दाबी गरे।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद  योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्ष्यित एवं लगानीमैत्री भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले युवालाई रोजगारी दिने र लगानी गर्न उपयुक्त नीतिको सुनिश्चितता गरिएको दाबी गरे।

images
images
images

‘एकीकृत योजना बैंकको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम  छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ’ सांसद भट्टराईले भने।

images
images

साथै विश्वका विभिन्न भागमा छरिएका नेपालीको पुँजीलाई एकीकृत गर्न सके देशको आर्थिक विकास गर्न अरुको मुख ताक्नुपर्ने अवस्था नभएको उनले बताए। ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने सांसद भट्टराईको भनाइ छ।

images
images

उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले छिमेकी मुलुकलाई सस्तो बिजुली बेच्ने रमहँगोमा किन्ने गर्न नहुने बताए। साथै यो स्थितिलाई अन्त्य गर्नुपर्ने उनको धारणा छ। रासस 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend