मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

संसदको शून्य समय : सांसदहरुले उठाए शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषय

images
मंगलबार, वैशाख २३ २०८२
images
संसदको शून्य समय : सांसदहरुले उठाए शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषय

बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसदहरुले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयवस्तुबारे सरकारको ध्यानार्षण गराएका छन्। बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरे।

images
images
images

सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गरे। सांसद अनिता देवीले बैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति जनाइन्।

images
images

सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको गुनासो गरे। साथै केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेकाले गृह मन्त्रालयले आवश्यक तयारी सुरु गर्नु सकरात्मक भएको बताइन्।

images
images

सांसद अम्बरबहादुर थापाले सरकारको यस वर्षको नीति तथा कार्यक्रमले शिक्षामा राम्रो गर्न खोजीए पनि कार्यान्वयनको पाटो कमजोर देखिएको बताए। समंसद डा. अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिए। त्यस्तै सांसद अर्जुननरसिंह केसीले काठमाडौं-नुवाकोट सदमुकाम जोडने बालाजु-नुवाकोट-काठमाडौं सडकका लागि आवश्यक बजेट छुट्टयाउन माग गरेका छन्।

सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतंकका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गर्राए। सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन आग्रह गरेका छन्। सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद उर्मिला माझीले सुदुरपश्चिम प्रदेशको दार्जुलामा तिङकर सडक बजेट अभावका कारण अधुरै रहेको सुनाइन्। साथै आवश्यक बजेट उपलब्ध गराउन उनले माग पनि गरेकी छन्। सांसद ऋषिकेश पोखरेलले मोरङका ४ वटा पुल समयमै निर्माण गर्न माग गरे। सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्नुपर्ने धारण राखेका छन्।

सांसद गंगा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै आवश्यक बजेट छुट्टयाउन सरकारसँग माग गरे। सांसद चित्रबहादुर केसीले २०६२/६३ सालको आन्दोलनका क्रममा कालिकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उनले उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए। रासस 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend