मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

विश्व बजारमा घट्दैछ पेट्रोलियमको मूल्य, चार वर्षकै न्यून बिन्दुमा झर्‍यो

मंगलबार, वैशाख २३ २०८२
विश्व बजारमा घट्दैछ पेट्रोलियमको मूल्य, चार वर्षकै न्यून बिन्दुमा झर्‍यो

नेपालको मुख्य आयात तेलसँगै त्यसको मूल्यले आन्तरिक बजार आपूर्ति श्रृखलासम्म प्रभाव पार्दै आएको छ।

काठमाडौं- प्रशोधन नगरिएको पेट्रोलियम पदार्थको मूल्य पछिल्लो चार वर्षकै न्यून बिन्दुमा झरेको छ।  अमेरिकी बजारमा प्रशोधन नगरिएको पेट्रोलियमको मूल्य २ प्रतिशतले घटेर प्रति ब्यारेल ५७.१३ डलरमा कारोबार भएको छ। यो सन् २०२१ पछिकै न्यून मूल्य हो। 

तेल उत्पादक राष्ट्ररहरूको समूह ओपेक प्लसले जुनमा उत्पादन बढाउने घोषणा गरेपछि मूल्यमा गिरावट देखिएको छ। साउदीसहित ८ उत्पादक देशले जुनमा उत्पादन बढाउने घोषणा गरेका छन्। यो घोषणाले बगामी दुई महिनामा प्रतिदिन ८ लाख ब्यारेल अतिरिक्त उत्पादन हुनेछ। 

सन् २०२५ को सुरू भएपछि कच्चा तेलको मूल्य २० प्रतिशतले घटिसकेको छ। अमेरिकाको कर प्रहार तथा अतिरिक्त उत्पादन क्षमता भएका ओपेक देशहरूले उत्पादन बढाउने भएकाले मूल्यमा गिरावट निरन्तर हुनसक्ने विश्लेषकहरूले बताएका छन्। 

पेट्रोलियमको उत्पादन तथा प्रशोधनमा सहभागी विश्वकै ठूला कम्पनीको आम्दानीमा पनि यसको असर देखिनेछ। 

एकातिर विश्व बजारमा मन्दीको त्रास फैलिने अर्कोति ओपेक प्लसले उत्पादन बढाउँदै जाने हो भने मूल्य अझै घट्नसक्नेछ। यसको लाभ तेल आयातमा निर्भर चीन, भारत जस्ता ठूला अर्थतन्त्र लाभान्वित हुनेछन्। तेलको मूल्य घट्दा नेपालको अर्थतन्त्र पनि लाभान्वित हुनेछ। 

नेपालको मुख्य आयात तेलसँगै त्यसको मूल्यले आन्तरिक बजार आपूर्ति श्रृखलासम्म प्रभाव पार्दै आएको छ। 

 


प्रकाशित : मंगलबार, वैशाख २३ २०८२०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend