बागमती- हेटौंडा-काठमाडौं जोड्ने कान्ती लोकपथ सडक सञ्चालनमा आएको छ। वर्षाका कारण अवरुद्ध सडक आइतबार दिउँसोबाट सञ्चालनमा आएको हो।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो।
सडक मर्मतसम्भार गरेपछि आइतबार दिउँसो १ बजेदेखि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ। रासस